Wednesday 18 May 2022

माओवादी केन्द्रले जित्यो जितपुर सिमरा उपमहानगरको नेतृत्व

४ जेठ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् ।

सत्तारुढ अरु दलको पनि समर्थन पाएका पौडेलले १८ हजार ७४३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् ।

यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए । उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र ल्याएकी छन् ।

लोसपाको तर्फबाट उपमेयर उम्मेदवार  बिपी मोक्तानले पाँच हजार २७ मत पाए ।



source https://www.onlinekhabar.com/2022/05/1129629

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More