Thursday 19 May 2022

कोल्हवी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्‍मेदवार निर्वाचित

६ जेठ, बारा । बाराको कोल्हवी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन् ।

नगरपालिकाको मेयरमा  रामप्रासद चौधरी र उपमेयरमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार रामप्रसादले निकटतम् प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

चौधरीले ९१०५ मत ल्याउँदा एमालेका भण्डारीले ८३०७ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा एमालेकी उम्‍मेदवार सुइना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जितेकी हुन् । लक्ष्मीले ९०८८ मत ल्याउँदा एमालेकी सुइनाले ८४८३ मत मात्र पाइन् ।

यसअघि ०७४ सालमा कोल्हबी नगरको मेयरमा भरतबहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी निर्वाचित भएकी थिइन् ।



source https://www.onlinekhabar.com/2022/05/1130257

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More