Thursday 19 May 2022

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा माओवादी विजयी

६ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजु प्रसाद गुप्ता ४ हजार ३८१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीले ४ हजार २९५ मत पाए ।

गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सकिना फतिमा खातुन माओवादी केन्द्रकी पावित्री कोहारलाई ५१३ मत अन्तरले पछि पार्दै विजयी भइन् । खातुनले ३ हजार ६९८ र पावित्री कोहारले ३ हजार १८५ मत पाएका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1130246

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More