Thursday 19 May 2022

कांग्रेस-एमाले मिलेर माओवादीबाट खोसे मुसिकोट, १३ मतान्तरले कांग्रेसका केसी विजयी

६ जेठ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको वर्चस्व रहने रुकुम पश्चिममा यसपटक भने कांग्रेस-एमाले मिलेर माओवादीबाट मुसिकोटको नेतृत्व खोसेका हुन् ।

कांग्रेसका केसीले एमालेको साथमा माओवादीका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका छन् । उनले ६९१४ मत ल्याए भने माओवादीका शर्माले ६९०१ मत पाएका छन् ।

यस्तै, उपमेयरमा भने माओवादीको सहयोगमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन् । उनले ६१४० मत ल्याएर विजयी हुँदा एमालेका थलबहादुर ओलीले ५९८५ मत ल्याए ।

यो नगरपालिकामा ८ वडाध्यक्ष माओवादीले जितेको छ भने ६ वटा नेपाली कांग्रेसले जितेको छ ।



source https://www.onlinekhabar.com/2022/05/1130232

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More