Wednesday 18 May 2022

रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर निर्वाचित

४ जेठ नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्‍याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ३८ मत अन्तरले पराजित भएका हुन् ।

गुप्ताले ६१ सय ९१ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७७ सय २९ मत ल्याएर विजयी भएका हुन् ।

उपमेयरमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी छन् । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मत अत्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।

निर्वाचित चौधरीको ६४ सय ७१ र क्षेत्रीको ६३ सय ८६ मत छ । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३ सय ४१ मत ल्याएर तेस्रो भएकी छन् ।



source https://www.onlinekhabar.com/2022/05/1129644

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More