Thursday 19 May 2022

धनुषाको नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

६ जेठ, काठमाडौं । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् ।

नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २ हजार ७५८ मत पाए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादवले नेपाली कांग्रेसकी रञ्जु कुमारी साहलाई २०७ मत अन्तरले हराइन् । यादवले ५ हजार ७३० मत र साहले ५ हजार ५२३ पाएका छन् । लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत मात्र पाइन् ।



source https://www.onlinekhabar.com/2022/05/1130237

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More