Saturday 14 May 2022

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै 

३१, वैशाख, चितवन चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ ।
जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, उपमेयरमा कांग्रेसका खेम महतोले १२६० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८३८ र राप्रपाका मदन पौडेलले ५९३ मत ल्याएका छन् ।
वडा नं. १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवारले १००१ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ७३० मत ल्याएका छन् । यस्तै, माडीको वडा नं. ९ मा माओवादीका वडाध्यक्ष उम्मेदवारले ५४८ मत ल्याएर अग्रता लिएका छन् । एमाले वडाध्यक्ष उम्मेदवारले २७० मत ल्याएका छन्


source https://www.onlinekhabar.com/2022/05/1126626

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More