Sunday 15 May 2022

दुधपोखरीमा कांग्रेस-माओवादीको जित

२ जेठ, लमजुङ । जिल्लाको दुधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न मत गणनामा गुरुङ ३ हजार ६५ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर तामाङले २०२४ मत पाएका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङले २५६८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कृष्ण गुरुङले १७७४  मत पाएकी छन् ।

२०७४ मा पनि दुधपोखरीको प्रमुख कांग्रेसले नै जितेको थियो ।



source https://www.onlinekhabar.com/2022/05/1127390

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More