Saturday 14 May 2022

प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित

३१ वैशाख, प्युठान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष बुढामगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाएका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए ।

माण्डवी गाउँपालिकामा राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन् ।  नेकपाकाे तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रकाे चुनाव चिन्हबाट लडेका थिए ।



source https://www.onlinekhabar.com/2022/05/1126630

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More