Wednesday 18 May 2022

हेटौंडामा मतपत्रमा भेटियो ‘नो भोट’

४ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणनाका क्रममा मतपत्रमा मार्करले ‘नो भोट’ लेखेको फेला परेको छ । हेटौंडाको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ४ का वासिन्दाले स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा मार्करले ‘नो भोट’ लेखेको फेला परेको हो ।

दुई वटा मतपत्रमा ‘नो भोट’ लेखेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतको पर्खाइमा रहेको प्रतिनिधिहरुले गणकले मतपत्रमा मत होइन मार्करले कोरेर छोडेको बताएपछि हलमा रहेको सबै चकित परेका थिए ।

मतपत्रमा मार्करले ‘मेरो मत, चोर नेतालाई नो भोट’ भनेर लेखिएको छ । मतगणनाको क्रममा यस्तो मत पत्र भेटिएपछि हलमा रहेका उम्मेदवारको प्रतिनिधिहरु माझ हाँसो गुञ्जिएको थियो ।

पछिल्लो समय नेपालमा पनि ‘नो भोट’को विषयमा बहस भइरहेको छ । सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न फैसला गरेपनि कार्यान्वयनमा ल्याउन निर्वाचन आयोगले सकेको छैन ।



source https://www.onlinekhabar.com/2022/05/1129624

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More