Friday 20 May 2022

विराटनगरको मेयरमा नागेश  र उपमेयरमा शिल्पा विजयी

७ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश काेइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् ।

मेयरमा काङ्ग्रेस उम्मेदवार  नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की  ११४६१ मत अन्तरले विजयी भइन् ।

मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

उपमेयरमा शिल्पा कार्की २५ हजार ६८०मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।



source https://www.onlinekhabar.com/2022/05/1130864

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More