Tuesday 17 May 2022

कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका ढकाल निर्वाचित

३ जेठ, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका दिनानाथ आचार्यलाई एक हजार ४३९ मतान्तरले पराजित गरेका हुन् ।

ढकालले सात हजार ४९९ मत पाएर निर्वाचित हुँदा आचार्यले ६ हजार ६० मत पाए । ०७४ को चुनावमा एमालेले जितेको यहां यसपटक कांग्रेसले माओवादी केन्द्रसंग तालमेल गरेको थियो ।

पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा निर्वाचित भएकी छन् । मौसमी रुख चिह्नबाटै प्रतिस्पर्धा गरेकी थिइन् । उनले नेकपा एमालेकी ओमकली राहाडी मगरलाई ६४६ मत अन्तरले पराजित गरेकी हुन् । थापाले सात हजार ६११ मत पाउँदा राहाडीले पाँच हजार ९६५ मत पाएकी छन् । पाँच वटा वडा रहेको कञ्चनमा वडा नं १ र ५ एमालेले, २, ३ र ४ नेपाली कांग्रेसले जितेको छ ।



source https://www.onlinekhabar.com/2022/05/1129014

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More