Monday 23 May 2022

गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

१० जेठ, सिराहा । सिराहाको गोलबजार नगरपालिकाको मेयर  र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् । उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए ।

उपमेयरमा पनि एमालेकै मान्ती साह २०६० मतान्तरले विजयी भएकी छिन् । उनले ७७०३ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयरसमेत रहेकी माओवादीकी रेशम कुमारी थापाले ५६४३ र कांग्रेसकी शान्ती सदायले  ४९६५ मत पाइन् ।

यससंगै सिराहाका १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते गोलबजार नगरपालिका ११ मा वर्षाको कारणले करिब ४ सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा पनु: मतदान भएकोले नतिजा आउन केही ढिला भएको हो ।



source https://www.onlinekhabar.com/2022/05/1132127

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More