Monday 16 May 2022

कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरीले गर्‍यो हवाई फायर

२ जेठ, महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा आज (सोमवार) साँझ दुई राउण्ड हवाई फायर भएको छ । सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ सरसामान ‘क्यारिङ’ गर्ने महिलामाथि हवाई फायर गरेको हो ।

स्रोतका अनुसार भारतको बनबसा बजारबाट नेपालतर्फ सामान ल्याइरहेका महिलाहरुलाई गड्डाचौकीस्थित व्यारियलमा सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । ‘त्यसपछि स्थिति तनावग्रस्त भयो,’ एक जना प्रत्यक्षदर्शीले भने, ‘क्यारिङ गर्ने महिलालाई सशस्त्र प्रहरी जवानले हातपात गरेपछि उनी घाइते भइन् ।’

घाइते महिला जानकी नाथको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले महिलामाथि हातपात गरेपछि आक्रोशित स्थानीयको भीडले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि भीडभाड नियन्त्रण गर्न सशस्त्र प्रहरीले हवाई फायर गरेको भन्सार सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरीले बताए ।

अहिले पनि स्थानीयले नाराबाजी गरिरहेका छन् । कुटपिट गर्ने र फायर खोल्ने सशस्त्र प्रहरीलाई सार्बजनिक गर्नुपर्ने भन्दै अहिले पनि स्थानीयले नाका क्षेत्रमा नाराबाजी गरिरहेका हुन् । नेपाल प्रहरीको टोली पनि त्यहाँ पुगेको छ ।

‘तस्करी नियन्त्रण गर्न खोज्दा क्यारिङ गर्ने महिला र सशस्त्र प्रहरीबीच सामान्य विवाद भएको हो,’ झलारीस्थित ३५ नं. गणका गणपतl एसपी अमर ऐरले भने, ‘अहिले अवस्था सामान्य छ ।’



source https://www.onlinekhabar.com/2022/05/1128270

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More