Saturday 21 May 2022

बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

८ जेठ, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेेसका उम्मेदवार विजयी भएका छन् ।

जसपाबाट सन्तोष कुमार महतो पुनः अध्यक्षमा चुनिएका हुन् । निर्वाचन कार्यालय बरियारपट्टीले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा विजयी महतोले ३ हजार ८४४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद यादवले ३ हजार ४३४ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता कुमारी यादव ५१२ मत अन्तरले विजयी भइन् ।

उनले ३ हजार ९९७ मत पाइन् भने निकटतम प्रतिस्पर्धी सिया कुमारी यादवले ३ हजार ४८५ मत पाएकी छिन् ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४ र ५ मा नेपाली कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष विजयी भएका छन् ।

सिरहाका १७ पालिकामध्ये अब गोलबजार गाउँपालिकाको मात्र मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

हालसम्म सार्वजनिक भएका अन्तिम नतिजा अनुसार नेकपा एमालेले ८ पालिका जितेको छ । एमालेले जितेका पालिकाहरुमा सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, धनगढीमाई नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहरा गाउँपालिका र भगवानपुर गाउँपालिका हुन् ।

जसपाले बरियारपट्टी, नवराजपुर, अर्नमा र औरही गाउँपालिका जितेको छ ।

नेपाली कांग्रेसले लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जित्दा माओवादी केन्द्रले मिर्चैया नगरपालिका र एकीकृत समाजवादीले सखुवा नन्कारकट्टी गाउँपालिका जितेका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1131175

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More