Saturday 19 February 2022

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।

साझा धारणा बनाउने प्रयासमा यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ । तर सत्ता साझेदार दलहरू  एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना कम छ ।



source https://www.onlinekhabar.com/2022/02/1081794

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More