१३ फागुन, काठमाडौं । खेलको अन्तिम समयमा आत्मघाती गोल उपहार पाएपछि आर्सनलले प्रिमियर लिगमा वल्भलाई २-१ ले पराजित गरेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेको आर्सनलले पुनरागमन गर्दै तीन अंक जोडेको हो ।
एमिरेट्स मैदानमा भएको खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा वल्भसले अग्रता जोगाउन सकेन र अंक पनि गुमायो ।
८२ औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए ।
खेलको इन्जुरी टाइममा वल्भ्सका जोसे साले आत्मघाती गोल गरेपछि आर्सनल २-१ ले विजयी भएको हो ।
जितपछि आर्सनले २४ खेलमा ४५ अंक जोडेर पाँचौं स्थानमा छ । वल्भ्स २५ खेलबाट ४० अंकसहित सातौं स्थानमा छ ।
source https://www.onlinekhabar.com/2022/02/1084861
0 comments:
Post a Comment