Friday 25 February 2022

सन्तोष र अस्मिताको ‘आँखा झिमिक्क…’

काठमाडौं । सन्तोष श्रेष्ठको स्वर र संगीतमा ‘आँखा झिमिक्क पारेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ बिटको उक्त गीत सन्तोष श्रेष्ठसँगै अस्मिता अधिकारीले पनि गाएकी छन् । गीतका शब्द साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’का हुन् ।

म्युजिक भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा), पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतको अभिनय छ । भिडियोको निर्देशन सुरेश थापाले गरेका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।



source https://www.onlinekhabar.com/2022/02/1085452

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More