Saturday 19 February 2022

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा समावेशी आयोगको प्रतिवेदन

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन । सहमतिको प्रयासमा आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।



source https://www.onlinekhabar.com/2022/02/1081797

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More