Thursday 17 February 2022

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे बोलाइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् ।

हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सम्वाद अघि बढाएका छन् ।



source https://www.onlinekhabar.com/2022/02/1080872

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More