Tuesday 22 February 2022

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

११ फागुन, इनरुवा । सुनसरीको कोसी-८ भण्टाबारीमा मंगलबार राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२-०३-००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2022/02/1083625

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More