Thursday 24 February 2022

कैलालीमा १३ किलो चरेससहित एक जना पक्राउ

१३ फागुन, धनगढी । कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला  प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चुरे गाउँपालिका-५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ गरेको हो ।

जाग्रीको घरमा खानतलासी गर्दा १२ पोका कालो प्लाष्टिकमा बेरेको अवस्थामा लागुऔषध (चरेस) बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतिमा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/02/1084866

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More