Monday 14 February 2022

ए डिभिजन लिगमा आज पुछारका ४ क्लब खेल्दै

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।

लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्यसैले दुवै खेल एकै समयमा हुँदैछ ।

ब्रिगेड र च्यासलबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ । यस्तै जावालखेल र फ्रेण्ड्सबीचको खेल पनि १ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

यी चारमध्ये अंकतालिकामा जावालखेल सबैभन्दा अघि छ । जावालखेल १० खेलबाट ८ अंकसहित ११औं स्थानमा छ । त्यसपछि फ्रेण्ड्स ६ अंक जोडेर १२औं स्थानमा छ ।

अघिल्लो चरणमा ब्रिगेडलाई हराएर पहिलो जित हात पारेको फ्रेण्ड्स समान अंङ्क भए पनि ब्रिगेडभन्दा हेड टु हेडमा अघि छ । च्यासल भने ५ अंकसहित पुछारमा छ ।

यस पटक लिगमा पुछारको दुई टिम रेलिगेसनमा पर्नेछन् । त्यसैले आज चारवटै टिमलाई जित्नै पर्ने दबाब छ ।



source https://www.onlinekhabar.com/2022/02/1079131

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More