Thursday 17 February 2022

बार्सिलोना र नापोलीको खेल बराबर

६ फागुन, काठमाडौं । युरोपा लिग अन्तिम ३२ को पहिलो लिगको खेलमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन् ।

फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो ।

१८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि परेको थियो । पिओटर जेलिन्स्कीले २९औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा भिएआरको सहायताबाट पाएको पेनाल्टीमा फेरानले ५९औं मिनेटमा गोल गरे । खेलमा फेरान टोरेसले गोल गर्ने अरु अवसर पनि पाएका थिए तर फिनिस गर्न सकेनन् ।

बराबरी गोल फर्काएपछि बार्सिलोनाले राम्रो प्रदर्शन गरेपनि गोल थप्न सकेन ।

युरोपियन च्याम्पियन्स लिगको समूह चरण पार गर्न नसकेपछि बार्सिलोनाले युरोपा लिग खेल्नुपरेको हो ।

बार्सिलोना र नापोलीबीचको दोस्रो लिगको खेल फेब्रुअरी २४ मा इटलीमा हुनेछ ।

अन्तिम ३२ कै अन्य खेलमा रेन्जर्सले बोरुसिया डर्टमण्डलाई ४-२ ले पराजित गरेको छ । यस्तै रियल बेटिसले जेनिथ सेन्ट पिटर्सवर्गलाई ३-२ र एफसी शेरिफले ब्रागालाई २-० ले हरायो ।

यस्तै सेभियाले डिनामो जाग्रेबलाई ३-१ ले तथा एफसी पोर्टोले लाजियो र एटलान्टा र ओलम्पियाकोसलाई समान २-१ ले हरायो । रियल सोसिडाड र आरबी लाइपजिगले भने २-२ को बराबरी खेले ।



source https://www.onlinekhabar.com/2022/02/1080887

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More