Sunday 20 February 2022

टी-२० विश्वकप ग्लोबल क्वालिफायर : नेपालले आज क्यानडासँग खेल्दै

९ फागुन, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।

नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

यदि नेपाल क्यानडासँग पराजित भएमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यसमा नेट रनरेट निर्णायक बन्नेछ ।

आजै अर्को खेलमा ओमानले फिलिपिन्ससँग खेल्दैछ ।



source https://www.onlinekhabar.com/2022/02/1082552

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More