Saturday, 12 February 2022

आईपीएलमा छनोटमा परेनन् सन्दीप

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम भएको छ ।

शनिबार सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले लिएनन् ।

यस पटक स्पीनरलाई कुनै पनि टिमले चासो देखाएका छैनन् । अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर रहमान, दक्षिण अफ्रिकाका  इमरान ताहिर, अष्ट्रेलियाका एडम जाम्पा र इंग्ल्याण्डका आदिल रासिदलाई पनि कुनै टोलीले बोली लगाएन ।

११ औं सेटमा रहेका सन्दीपले आफ्नो आधार मूल्य भारु ४० लाख राखेका थिए । तर कुनै टिमले पनि सन्दीपलाई लिएनन् । अब आइतबार कुनै फ्रेन्चाइजले शनिबार अनुबन्ध नभएका खेलाडीलाई विसलिस्टबाट अक्सनमा सामेल गराउन सक्नेछन् ।

आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी रहेका सन्दीप यसअघि सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध भई दुई सिजन खेले । तेस्रो सिजन भने उनले खेल्ने अवसर पाएनन् ।

दिल्लीबाट गत सिजनअघि रिलिज भएका उनलाई मिनी अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेको थिएन ।



source https://www.onlinekhabar.com/2022/02/1077977

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More