भारतीय सिरियलकी चर्चित कलाकार तथा बलिउड नायिका मौनी रायले २ साता अगाडि मात्र आफ्ना प्रेमी सुरज नाम्बियरसँग बिहे गरिन् । दुबईमा रहेर व्यापार गरिरहेका सुरजसँगकोे केही बर्ष लामो प्रेम सम्बन्धलाई मौनीले बिहेमा परिणत गरेकी हुन् ।
बिहे गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमान्सँग देखिएकी थिइन् । उनै, मौनी अहिले हनिमुनका क्रममा काश्मिरमा पुगेकी छिन् ।
काश्मिरमा हिउमा रमाउँदै गरेकी मौनीले अन्य केही तस्वीर पनि पोष्ट गरेकी छिन् । इन्स्टाग्राममा उनले पोष्ट गरेको तस्वीर अहिले चर्चामा छ । तस्वीरमा उनी बोल्ड अवतारमा देखिएकी छिन् । उनले, बाहिर निक्कै जाडो छ भनेर पनि उल्लेख गरेकी छिन् । काश्मिरमा हिउ परिरहँदा कोठामा भने मौनी हट देखिएकी छिन् ।
सिरियल ‘नागिन’मा काम गरेपछि यी सुन्दरीले दर्शकमाझ चर्चा पाएकी थिइन् । यसपछि, उनले केही बलिउड चलचित्रमा काम पनि गरेकी छिन् । मौनी आफ्नो बोल्ड छविका कारण पनि चर्चामा रहन्छिन् ।
source https://www.onlinekhabar.com/2022/02/1077262






0 comments:
Post a Comment