Saturday 19 February 2022

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

७ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले  बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलकाे मूल्य हालसम्मकै उच्च हाे ।



source https://www.onlinekhabar.com/2022/02/1081781

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More