Wednesday, 8 February 2023

यु-१२ राष्ट्रव्यापी बास्केटबल हुने

२५ माघ, काठमाडौं । आईएसए नेपालको आयोजनामा प्रथम यु–१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

ललितपुरको चाकुपाटस्थित आईएसए नेपाल बास्केटबल एकेडेमीमा हुने सो प्रतियोगिता सप्ताहव्यापी हुनेछ ।

प्रतियोगिताका खेल माघ २८ र २९ तथा फागुन ६ र ७ गते सञ्चालन गरिनेछ । प्रतियोगितामा ब्वाइजतर्फ १२ र गर्ल्सतर्फ १२ टिम सहभागी छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

ब्वाइजतर्फ समूह एमा आइएसए नेपाल इस्ट, रातो बङ्गला, आइएमएस, समूह बीमा सोलो बास्केटबल, एलआरआई र बिडिस स्कुल, समूह सीमा सेन्ट जेभियर्स, रोयल स्पोर्ट्स र बौद्ध इन्टरनेसनल तथा समूह डिमा आइएसए नेपाल वेस्ट, ललित कल्याण र स्वर्णिम स्कुल परेका छन् ।

गर्ल्स इभेन्टमा समूह एमा आइएसए नेपाल इस्ट, बौद्ध इन्टरनेसनल, सेन्ट जेभियर्स, समूह बीमा रातो बङ्गला, एलआरआई स्कुल, बिडिएस स्कुल, समूह सीमा ललित कल्याण, सेन्ट मेरिज, ललितपुर तथा समूह डिमा आइएसए नेपाल वेस्ट, आर्या एकेडेमी र रोयल स्पोर्ट्स स्कुलले खेल्नेछन् ।

प्रत्येक समूह विजेता तथा उपविजेता क्वाटरफाइनल पुग्ने प्रावधान रहेको छ ।

आयोजक आईएसए नेपालका सीईओ सोनु पाठकले यु-१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिता हरेक वर्ष आयोजना हुने जानकारी दिएकी छन् ।



source https://www.onlinekhabar.com/2023/02/1260057

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More