Tuesday, 7 February 2023

रविन्द्र खड्काले दिए चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य पदबाट अभिनेता तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा राजीनामा पत्रसहितको जानकारी सार्वजनिक गर्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन् ।

सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेको र केही महिनायता बोर्डबाट विवादित काम हुँदै आएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पद मात्र ओगटेर चुपचाप बस्नुपर्ने बाध्यतालाई त्याग्न चाहें,’ उनले लेखेका छन्, ‘साथै म कलाकार संघको अधिवेशनमा पनि खटिनुपर्ने भएकाले राजीनामा दिएको छु ।’

कसैसँग व्यक्तिगत मनमुटाव नभएको र पदको लोभ पनि नभएको उनले जनाएका छन् । उनको राजीनामा चलचित्र विकास बोर्डले माघ २० गते स्वीकृत गरेको छ ।



source https://www.onlinekhabar.com/2023/02/1259402

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More