Wednesday 15 February 2023

च्याम्पियन्स लिग : डर्टमण्ड र वेनफिका विजयी

४ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति भएको अन्तिम १६ को खलेमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोर्चुगिज क्लब वेनफिका विजयी भएका छन् ।

डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा इंग्लिस क्लब चेल्सीलाई १-० ले हरायो ।

घरेलु मैदानमा डर्टमण्डलाई जिताउन करिम एडेयमीले ६३औं मिनेटमा गोल गरे ।

अर्को खेलमा वेनफिकाले बेल्जियमको क्लब ब्रुगलाई २-० ले हरायो । वेनफिकाका लागि जाआओ मारियोले ५१औं र डेभिड नेरेसले ८८औं मिनेटमा गोल गरे ।



source https://www.onlinekhabar.com/2023/02/1263812

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More