Tuesday 14 February 2023

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

३ फागुन, पोखरीया ।  वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिनभित्र हटाउन सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैंले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।



source https://www.onlinekhabar.com/2023/02/1263129

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More