Monday 20 February 2023

दर्शकको चाहना बुझेनौं, बजार छैन भनेर गुनासो गर्छौं : राजेश हमाल

९ फागुन, दाङ । नायक राजेश हमालले नेपाली चलचित्र क्षेत्रले दर्शकको चाहना बुझ्न नसकेको बताएका छन् । दर्शकको चाहना अनुसारका उत्कृष्ट र राम्रा नेपाली चलचित्रहरु नबन्दा विदेशी सिनेमाहरुले नेपाली बजार लिइरहेको जिकिर गरे ।

चलचित्र पत्रकार संघ दाङले सोमबार बेलुकी घोराहीमा गरेको साक्षात्कारमा बोल्दै हमालले भने, ‘हामीसँग बजार छैन भन्ने कुरा म मान्दिनँ, दर्शक हलमा आउनुहुन्न भनेर गुनासो गर्छाैं भने हामीले आम दर्शकको स्वाद र चाहना चिन्न नसकेका हौं ।’

नायक हमालले नेपाली चलचित्रमा मौलिक कथावस्तु आउन नसकेको बताए । ‘कुनै–कुनै चलचित्रले त्यो प्रयास पनि गर्नुभएको छ’ उनले भने, ‘तर धेरैजसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लाग्नु भाछ । कहाँको कथा ल्याएर सिनेमा बनाउनुहुन्छ, त्यो न यता जस्तो हुन्छ, न उताको जस्तो ।’

 

 



source https://www.onlinekhabar.com/2023/02/1266475

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More