Tuesday 14 February 2023

प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढाउन कांग्रेसको आग्रह

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रत्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा समय लिएर कांग्रेसका अर्जुननरसिंह केसीले यस्तो आग्रह गरेका हुन् । ‘सर्वोच्च अदालत वर्ष देखि कामुको नेतृत्वमा छ । यसप्रति सरकारको ध्यानाकर्षण होस् । सरकारले न्यायलयलाई पूर्णता दिने काम तत्काल गरोस्’, उनले भने ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लागेपछि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमा छ ।

जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । उनीविरुद्धको महाअभियोग टुंगो नलागी उनी निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् । तर, न्यायालयले प्रधानन्यायाधीश पाउन सकेको छैन । यसबीचमा दुई जना कामु प्रधानन्यायाधीश भइसके ।

दीपककुमार कार्की साढे सात महिना कामु भएकोमा साढे चार महिनादेखि हरिकृष्ण कार्की सर्वाेच्चको कामु प्रधानन्यायाधीश छन् ।

लामोसमय देखि सर्वोच्च अदालत नेतृत्वबिहीन रहेको र प्रधानन्यायाधीशको सिफारिस प्रक्रिया अगाडि नबढेको भन्दै कांग्रेस सांसद केसीले प्रश्न उठाएका हुन् ।



source https://www.onlinekhabar.com/2023/02/1263227

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More