३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको महिला फुटबल टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
फिफा मैत्रीपूर्ण खेलको रुपमा रहेको खेल खेल चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
२०२४ को पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।
दक्षिण एसियालमा भारत बलियो टोलीको रुपमा रहेको छ । तर पछिल्ला खेलहरुमा नेपालले भारतलाई हराएको छ ।
गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो ।
यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् ।
अनन्त रा ज थापाको प्रशिक्षणमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । साफ च्याम्पियनसिप खेलेको नेपाली टोद्यीमा चार खेलाडी परिवर्तन भएका छन् ।
चोटका कारण साफ गुमाएका पूर्व कप्तान रेनुका नगरकोटी यस पटक टिममा छन् । यस्तै सविता राना मगर, निर्मला विक र घिम कुमारी घिसिङले पनि टिममा पुनरागमन गरेका छन् ।
नेपालका मुख्य प्रशिक्षक अनन्त राज थपाले दुई मेत्रीपुर्ण खेलको अवसरका लागि भारतलाई धन्यवाद दिएका छन् । साथै यस खेलले नेपाललाई सहयोग पुग्ने उनले बताए ।
‘भारतविरुद्ध दुई खेल खेल्न पाउनु हाम्रो लागि धेरै फाइदा हुनेछ । हामीले भारतविरुद्ध केही समयअघि खेलेका थियौं । उनीहरु राम्रो टिम छन् । तर हामीले पनि त्यसका लागि राम्रो तयारी गरेका छौँ ।’
भारतीय टिमका मुख्य प्रशिक्षक थोमस डेनर्बीले फिफा मैत्रीपूर्ण खेलेल ओलम्पिक छनोटको तयारीलाई सहयोग गर्ने बताए ।
आगामी अप्रिलमा हुने ओलापिक छनोटमा नेपला समूह सी मा छ । यस समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । यस्तै भारत कीर्गिस्तान र तुर्कमिनेस्तानसहित समूह जी मा छ ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।
source https://www.onlinekhabar.com/2023/02/1263175
0 comments:
Post a Comment