Saturday 11 February 2023

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

२९ माघ, काठमाडौं । सरकार सन्चालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/02/1261450

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More