Wednesday, 8 February 2023

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

२६ माघ, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।



source https://www.onlinekhabar.com/2023/02/1260234

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More