Monday 13 February 2023

नेपाल सहभागी हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा रुसले पनि खेल्ने

२ फागुन, काठमाडौं । रुसको महिला युवा टोलीले बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै रुसको सहभागिता हुने पुष्टी गरेको छ ।

युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र युरोपेली फुटबल महासंघ यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएको छ । जसका कारण रुस र रुसी क्लबले पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छन् ।

प्रतिबन्ध छल्नकै लागि रुसको फुटबल संघका अध्यक्षले यूईएफएको सदस्यता त्यागेर एसियाली फुटबल महासंघ एएफसीको सदस्यता लिने प्रस्ताव गरेका छन् । यस्तो स्थितिमा एएफसीमातहतकै दक्षिण एसियाली फुटबल महासंघ साफले यू-१७ महिला च्याम्पियनसिपमा रुसलाई सहभागी गराएको हो ।

यूईएफए असिस्ट साफ यू-१७ महिला च्याम्पियनसिप नाम दिइएको यो प्रतियोगिता आगामी मार्च २० देखि २८ सम्म बंगलादेशमा आयोजना ढाकामा हुँदैछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल भारत बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

साफले सार्वजनिक गरेको तालिका अनुसार च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ अर्थात १२ मा हुने छ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ ।

च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ ।

च्याम्पियनसिपको लागि नेपालले तयारी सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छिन् ।

भगवतीकै प्रशिक्षणमा नेपालले गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । यू-१५ लाई यसपटक यू-१७ को नामबाट खेलाउन लागिएको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडी

गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा)

डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)

मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकास कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर)

फरवार्डः सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट)



source https://www.onlinekhabar.com/2023/02/1262642

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More