Tuesday 14 February 2023

काठमाडौं विश्वविद्यालयमा ‘दीर्घायु’ कार्यक्रम

३ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको फार्मेसी डिपार्टमेन्टले पहिलोपटक वार्षिकउत्सव मनाउँदै छ । सन् १९९४ मा स्थापना भएको फार्मेसी डिपार्टमेन्टले आगामी चैत २ र ३ गते मनाउन लागेको वार्षिक उत्सवको नाम ‘दीर्घायु’ राखिएको छ ।

कार्यक्रम संयोजक अमृत न्यौपानेले चैत २ र ३ गते दुई चरणमा कार्यक्रम आयोजना हुने जानकारी दिए । पहिलो चरणमा खेलकुदका कार्यक्रम र मुख्य दिन विद्यार्थीसमेतको सहभागीतामा सेमिनार तथा गोष्ठी हुने छ । कार्यक्रम विद्यार्थी र फार्मेसी पेशा अंगालेकाहरुका लागि अनुभव साटासाट तथा सिकाइको थलो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमकी उपसंयोजक अग्रिमा सापकोटाले दीर्घायु कार्यक्रमले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्पूर्ण स्वास्थ्य पेसामा आबद्ध विद्यार्थी, व्यवसायीलाई फाइदा पुग्ने दाबी गरिन् ।



source https://www.onlinekhabar.com/2023/02/1263171

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More