Sunday, 6 February 2022

विदेशस्थित नियोगबाट पहिलो ई-पासपोर्ट जारी, विभागको सेवा विहान ७ बजेबाटै

२३ मंसिर, काठमाडौं । सरकारले परीक्षणको रुपमा नेपाली दूतावास दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी पहिलो विद्युतीय राहदानी जारी गरेको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको राहदानी विभागले जनाएको छ ।

‘आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।

अन्य खाडी मुलुकहरु र मलेसियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइसकिएको  विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुवात हुनेछ ।

त्यस्तै यीबाहेका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने काम भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम छ ।

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको विभागले जानकारी दिएको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।

यसैबीच राहदानी विभागले बिहान सात बजेदेखि सेवा संचालन गर्ने भएको छ । विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरी सकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि सेवा सञ्चालन हुन लागेको हो ।

‘पुरानो बुकिङ भएका सेवाग्राहीहरु भोलि बिहान सातबजे देखि दश बजे भित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउनु हुन अनुरोध छ,’ विभागले सूचनामा भनेको छ,’सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिइने छ ।’



source https://www.onlinekhabar.com/2022/02/1075437

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More