Monday, 7 February 2022

दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा दरखास्त आह्वान

२५ माघ, काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको छ ।

कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।

साथै उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्तका साथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/02/1075918

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More