Wednesday, 1 February 2023

मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे–राजनीतिमा आउने सम्भावना छ ?

१९ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ ।

नेता पाण्डेले लेखेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो । संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो।’

पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका छैनन् ।

 



source https://www.onlinekhabar.com/2023/02/1256702

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More