Thursday, 2 February 2023

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश फुयालको इजलासमा

२० माघ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । सो आदेश अनुसार २९ पुसमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।



source https://www.onlinekhabar.com/2023/02/1257282

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More