Sunday, 24 October 2021

ताल प्राधिकरण गण्डकीका प्रमुख गुरुङको राजीनामा स्वीकृत

८ कात्तिक, पोखरा । ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा. अनुप गुरुङले घरायसी समस्यालाई कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।

२०७६ फागुन २३ मा नियुक्त गुरुङले कात्तिक ५ गते राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले भनेका छन्, ‘पदमा रही सेवा गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि हाल मेरो घरायसी समस्याले कार्य गर्न असमर्थ रहेकाले राजीनामा स्वीकृत हुन विनम्र निवेदन गरेको छु ।’

राजीनामा कसैको डर, धाकधम्कीबाट नभइ नितान्त आफ्नो खुसीराजीबाट पेस गरेको पनि उनले उल्लेख गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/10/1029466

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More