Wednesday, 20 October 2021

च्याम्पियन्स लिग : बायर्नको सहज जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा जर्मन क्लब बायर्नले पोर्चुगिज क्लब पेनफिकालाई ४-० ले पराजित गरेको छ ।

वेनफिकाको मैदान बायर्नले एकपक्षिय जित हात पार्दा लरेय सानेले दुई गोल गरे । रोवर्ट लेवान्डवस्कीले एक गोल गर्दा वेनफाकाका एभरटनले एक आत्मघाती गोल गरेका थिए ।

भिएआरले दुई गोलललाई मान्यता नदिए पनि बायर्नले अन्तिम २० मिनेटमा चार गोल गरेको थियो ।

समूह ई मा शतप्रतिशत जित हात पारेको बायर्न ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।

पहिलो हारपछि वेनफिका तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/10/1028092

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More