Sunday, 24 October 2021

तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त, सात बालबालिकासहित १७ जना मारिए

८ काठमाडौं, काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको छ ।

पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ ।

‘तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जनाको शब हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ’, स्रोतलाई उदृत गर्दै  स्पुटनिकले लेखेको छ, ‘ती सबैको गोली लागेर मृत्यु भएको हो ।’

अफगान अधिकारीका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । अपहरणमा संलग्न स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तिमा तीनजना अपराधी मारिएका थिए ।



source https://www.onlinekhabar.com/2021/10/1029506

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More