Friday, 8 October 2021

थापाथलीबाट सहुलियतमा खसी-बोका बिक्री सुरु, प्रतिकिलो ९० रुपैयाँले बढ्यो मूल्य

२३ असोज, काठमाडौं । आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु भएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री सुरु गरेको हो । कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी-बोका किन्न पाइन्छ ।

कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जसअनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० पर्ने कम्पनीले जनाएको छ ।

यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसी-बोका बिक्री गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/10/1024359

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More