Wednesday, 20 October 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो ।

माओवादी केन्द्र आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ ।



source https://www.onlinekhabar.com/2021/10/1028108

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More