Tuesday 8 August 2023

महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता

२४ साउनऽ जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम-१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्  ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2023/08/1348168

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More