Sunday 13 August 2023

मौरीबजारको पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

२९ साउन, काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजारमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाइसकेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः४० बजेतिर पहिरो खसेर पूर्णरुपमा अबरुद्ध भएको राजमार्ग बिहान ८ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

पहिरो पन्छाउन प्रहरी, गाउँपालिका र राजमार्ग विस्तारमा खटिएको चिनियाँ ठेकेदार कम्पनीको टोली खटिएका थिए ।



source https://www.onlinekhabar.com/2023/08/1350312

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More